सुनसरीमा करेन्ट लागेर १८ महिनाका बालकको मृत्यु

सुनसरी/ सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–१० मा करेन्ट लागेर १८ महिनाका एक नावालकको मृत्यु भएको छ। वैशाख २५ गते बिहान स्थानीय उमेश राईका छोरा उपदेश राई छिमेकी पुष्पमाया मगरको घरमा खेल्ने क्रममा मोबाइल चार्ज गर्ने बोर्ड छुँदा करेन्ट लागेको हो।

करेन्ट लागेर गम्भीर घाइते भएका बालकलाई तत्काल धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) लगिएको थियो। तर, चिकित्सकले चेकजाँचका क्रममा उनलाई मृत घोषणा गरेका छन्।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *