May 9, 2025
पानीमा डुबेर नाबालिकाको मृत्यु
झापा/ झापाको शिवसताक्षी नगरपालिका–८ मा पानीमा डुबेर एक नाबालिकाको ज्यान गएको छ। वैशाख २५ गते विहान मनहरा बस्ने लुखिराम टुडुको १५ महिनाकी छोरी रोसिका टुडु घरनजिकै रहेको धानखेतमा जमेको पानीमा डुबेको अवस्थामा मृत फेला परेकी हुन्।
नाबालिका रोसिका आफ्नै आमा कल्पना टुडुले पानीमा डुबेको देखेकी थिइन्। उनले तत्काल छोरीलाई पानीबाट निकाल्दा मृत भइसकेको पुष्टि भएपछि इलाका प्रहरी कार्यालय शिवगञ्जमा खबर गरिएको थियो।
प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टम पश्चात आफन्तको जिम्मा दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।