मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु

विराटनगर/ मोरङको ग्रामथान गाउँपालिका–६ स्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।

वैशाख २५ गते दिउँसो विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ११४० नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका ७० वर्षीय हेमराज गिरीलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका गिरीलाई तत्काल उपचारका लागि नोबेल अस्पताल, विराटनगर लगिएको थियो। तर, उपचार शुरू हुनु अघि नै अस्पताल पुग्नेबित्तिकै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल चालक मोरङ कटहरी गाउँपालिका–७ का अनिस भगतलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।