बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

विराटनगर। मोरङ र झापामा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मोरङको ग्रामथान गाउँपालिका– २ बतराहीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

शनिबार बेलुका ईंटा बोकेर गुडिरहेको को १ त ७४२५ नम्बरको ट्रयाक्टर अनियन्त्रित भइ सडकछेउ खेतमा पल्टँदा दुर्घटना हुँदा चालक कटहरी गाउँपालिका– ५ बस्ने २० वर्षीय राहुल सरदार मृत्यु भएको हो।

उता, झापाको दमक–१ मा ट्रकको ठक्करले स्कुटर चालकको मृत्यु भएको छ। बेलडाँगीबाट दमकतर्फ आउँदै गरेको ग १ ख ६४३७ नम्बरको ट्रकले मे ८ प ४५५८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

दुर्घटनामा स्कुटर चालक ताप्लेजुङको दोभानका २२ वर्षीय अंकित लिम्बुको घटनास्थलमै मृत्यु भएको हो। स्कुटर पछाडि बसेकी पाचँथरको मिक्लाजुङ गाउँपालिका–४ की ४२ वर्षीया सृजना राई गम्भीर घाइते भएकी छन्। उनको बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *