May 11, 2025
पाँचथरमा करेन्ट लगाई माछा मार्ने क्रममा एक युवकको मृत्यु
विराटनगर / पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ स्थित नावाखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको ज्यान गएको छ।
मिक्लाजुङ गाउँपालिका–७ निवासी २० वर्षीय ईसारा थिगिम वैशाख २७ गते नावाखोलामा जनेरेटरको सहायताले करेन्ट प्रवाह गरी माछा मार्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रविले जानकारी दिएको छ।
घटनाको खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले आवश्यक कानूनी प्रक्रिया अगाडि बढाएको र घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।
प्राकृतिक स्रोतको अवैधानिक प्रयोगसहित जोखिमपूर्ण तरिकाबाट माछा मार्ने प्रवृत्तिले ज्यान नै जाने घटनाले स्थानीय तहमा सचेतनाको आवश्यकता झनै देखिएको छ।