पेट्रोल सस्तो, डिजेल र मट्टीतेल महँगो: नेपाल आयल निगमको नयाँ मूल्य सूची लागू

विराटनगर। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। शुक्रबार बिहानदेखि लागू हुने गरी पेट्रोलको मूल्य घटाइएको छ भने डिजेल र मट्टीतेलको मूल्य बढाइएको छ।

निगमका अनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ घटाइएको छ भने डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँको वृद्धि गरिएको हो। तर, खाना पकाउने एलपी ग्यासको खुद्रा मूल्य यथावत् राखिएको निगमले जनाएको छ।

नयाँ मूल्य सूची (प्रतिलिटर):

पेट्रोल

पहिलो वर्ग: रु १५६.५०

दोस्रो वर्ग: रु १५८.००

तेस्रो वर्ग: रु १५९.००

डिजेल र मट्टीतेल

पहिलो वर्ग: रु १४७.५०

दोस्रो वर्ग: रु १४९.००

तेस्रो वर्ग: रु १५०.००

निगमले वितरण क्षेत्रका आधारमा मुलुकलाई तीन वर्गमा विभाजन गरेको छ।

पहिलो वर्ग: चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी, वीरगञ्ज

दोस्रो वर्ग: सुर्खेत, दाङ

तेस्रो वर्ग: काठमाडौं, पोखरा, दीपायल

नयाँ मूल्य सूचि अनुसार उपभोक्ताले भौगोलिक वर्गीकरणअनुसार फरक मूल्य तिर्नुपर्नेछ। निगमले अन्तर्राष्ट्रिय बजार मूल्य, ढुवानी खर्च र अन्य कारकका आधारमा मूल्य समायोजन गरिएको जनाएको छ।