May 14, 2025
मोरङमा करेन्ट लागेर दुई महिलाको मृत्यु, एक घाइते
विराटनगर/ मोरङको रतुवामाई नगरपालिका–३ मिर्चा डाँगी टोलमा करेन्ट लागेर दुई महिलाको ज्यान गएको छ भने एक महिला सामान्य घाइते भएकी छन्।
घटना वैशाख ३० गते राति विवाह समारोहको क्रममा भएको हो। स्थानीय मंगललाल सिंहका छोरा निरजकुमारको विवाहमा नाचगान भइरहेकै बेला करिब राति ८ बजे आएको हावाहुरीका कारण माइक राख्नका लागि हाइटेन्सन लाइन नजिकै गाडिएको हरियो बाँस ढलेर लाइनमा ठोक्किँदा करेन्ट लागेको हो।
करेन्ट लागेर ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सूर्यदेवी गनगाईंको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए। उक्त घटनामा ३० वर्षीया राधाकुमारी सिंह सामान्य घाइते भएकी छन्।