कुवेतमा विषाक्त मदिरा सेवनबाट १६ नेपालीको मृत्यु

विराटनगर । कुवेतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने नेपालीको संख्या १६ पुगेको छ। यस घटनामा परेर थप ३६ जना उपचाररत छन्, जसमा आधाभन्दा बढीको अवस्था गम्भीर रहेको जनाइएको छ।

कुवेतमा मादक पदार्थ सेवन गर्न कानूनी रूपमा प्रतिबन्ध भए पनि केही गिरोहहरूले लुकिछिपी मादक पदार्थ उत्पादन गरी अवैध रूपमा बिक्री गर्ने गरेका छन्। यसै क्रममा बिक्री भएको विषाक्त मदिरा सेवन गर्दा ठूलो संख्यामा नेपाली कामदारहरू प्रभावित भएको बताइएको छ।

हाल कुवेतमा करिब एक लाख ६० हजार नेपाली कार्यरत छन्। घटना पछि स्थानीय प्रहरी र सम्बन्धित निकायहरूले अनुसन्धान थालेका छन् भने पीडितहरूको उपचारका लागि अस्पतालमा विशेष व्यवस्था गरिएको छ।

Add a Comment