May 15, 2025
लागू औषध खैरो हिरोइन सहित चार जना पक्राउ
विराटनगर। झापा र मोरङ जिल्लाका विभिन्न स्थानहरूबाट लागू औषध खैरो हिरोइन सहित चार जना पक्राउ परेका छन्। प्रहरीले वैशाख ३१ गते विभिन्न स्थानमा गरेको अपरेशनका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
मोरङको विराटनगर-१५ स्थितबाट लागू औषध नियन्त्रण ब्यूरो, विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा मोरङ बेलबारी-७ का २२ वर्षीय रोशन राईलाई २ ग्राम १३ मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरेको हो।
त्यस्तै, झापाको इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको अर्को टोलीले झापा बिर्तामोड-१ का २९ वर्षीय विशाल शाक्य, २५ वर्षीय महमद सलाम देवान र इलाम माई नगरपालिका-८ का २७ वर्षीय श्री प्रसाद आङदेम्बेलाई २४० मिलिग्राम खैरो हिरोइनसहित नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई लागू औषध सम्बन्धी कसूरमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।