September 24, 2025
झापामा ब्राउन सुगरसहित ३ जना पक्राउ
विराटनगर । झापामा लागू औषध ब्राउन सुगरसहित तीन जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
असोज ७ गते बिर्तामोड नगरपालिका–५ स्थित अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा सोही स्थानका २५ वर्षीय मुस्ताज मुस्लिम र बिर्तामोड–६ का २६ वर्षीय समिर खानलाई ३ ग्राम ८४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
त्यस्तै, इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका–१ का ३३ वर्षीय हर्क बहादुर कुमाललाई २ ग्राम ७२० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ ।
यस्तै, इलाका प्रहरी कार्यालय काँकरभिट्टाले अर्जुनधारा नगरपालिका–११ का २६ वर्षीय बिरेन्द्र लिङ्देनलाई १ ग्राम ३३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।