दाेहमनामा विराट आँखा अस्पतालद्वारा एक दिने आँखा शिविर सम्पन्न
रविन्द्र बराल
रंगेली। मोरङको रंगेली नगरपालिका–९, दोहमना बजारमा बिहीबार एक दिने आँखा शिविर सम्पन्न भएको छ। विराट आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित उक्त शिविर हरेक आइतवार र बिहीबार लाग्ने हाटबजारलाई लक्षित गरी सञ्चालन गरिएको हो।
स्थानीय शेषराज राजवंशीका अनुसार, हाटबजारमा ठूलो संख्यामा भीडभाड हुने भएकाले सो अवसरमा शिविर सञ्चालन गर्दा धेरैले सेवा लिन सक्ने भएकाले यस प्रकारको शिविर आयोजना गरिएको हो। उनका अनुसार, बजारमा आउने आगन्तुक तथा स्थानीयबासीलाई लक्षित गर्दै शिविरमार्फत निःशुल्क आँखा परीक्षण तथा औषधि वितरण गरिएको थियो।
शिविरमा विराट आँखा अस्पतालका स्वास्थ्यकर्मी सन्तोष यादव, आरती यादव, सन्जिता खनाललगायतको टोलीले सेवा प्रदान गरेका थिए। अस्पतालका मार्केटिङ मेनेजर सुमन बस्नेतका अनुसार शिविरबाट दोहमना र आसपासका क्षेत्रका १५५ जनाले आँखा परीक्षण गराउनुका साथै निःशुल्क औषधि पनि प्राप्त गरेका छन्।
स्थानीयस्तरमा स्वास्थ्य सेवाको पहुँच बढाउन यस्ता कार्यक्रम प्रभावकारी हुने जनाइएको छ।