चलचित्र पत्रकार संघको २६ औं वार्षिकोत्सवमा ७ पत्रकार सम्मानित
इलाम / चलचित्र पत्रकार संघ नेपालले आफ्नो २६औं वार्षिकोत्सवको अवसरमा इलामको श्री अन्तुमा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस तथा दोस्रो राष्ट्रिय भेला सुरु गरेको छ। चार दिने यस कार्यक्रम जेठ ६ गतेदेखि ९ गतेसम्म सञ्चालन हुनेछ।
कार्यक्रमको पहिलो दिन सिनेमा संवाद र मिडियामा मन्थन कार्यक्रम सम्पन्न भयो। यस अवसरमा चलचित्र पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने पत्रकारहरूलाई विभिन्न सम्मान र पुरस्कार प्रदान गरिएको छ। सम्मानित हुने पत्रकारहरू निम्नानुसार छन्:
1. ध्रुव लम्साल – राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८२
2. विष्णु सुवेदी – राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८२
3. नरेन्द्र बस्नेत (कोशी) – राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८२
4. जीवन कुमार पराजुली – राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८१
5. वर्षा बस्नेत – सशक्त चलचित्र पत्रकारिता पुरस्कार २०८५
6. रश्मी थापा – राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८१
7. तुलसी प्रसाद निरौला (कोशी) – राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०८१
चलचित्र पत्रकार संघ नेपालले यस प्रकारका सम्मान र पुरस्कारहरू प्रदान गर्दै चलचित्र पत्रकारितामा समर्पित व्यक्तित्वहरूको योगदानलाई कदर गर्दै आएको छ। यो कार्यक्रम चलचित्र पत्रकारिता क्षेत्रको विकास र सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।