कञ्चनपुरमा ठूलो परिमाणमा पटका बरामद, एक व्यक्ति पक्राउ

विराटनगर । प्रहरीले ठूलो परिमाणमा पटका बरामद गर्दै एक व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्ने व्यक्ति भीमदत्त नगरपालिका–३ का ४९ वर्षीय खडक पाल रहेका छन्। शनिबार (असोज २५) बेलुका पालको घरमा तलासी गर्ने क्रममा प्रहरीले विभिन्न प्रकारका २८ लाख ९८ हजार ६५० रुपैयाँ बराबरका पटका बरामद गरेको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार पाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको छ। प्रहरीले नेपालमा अवैध रूपमा पटका भण्डारण, बिक्री र वितरण गर्नेलाई कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ।

Add a Comment