नेपालमा पुनः कोरोना संक्रमण देखिँदै, काभ्रेका व्यक्तिमा पुष्टि

विराटनगर/ नेपालमा फेरि एकपटक कोरोना भाइरसको संक्रमण देखिन थालेको छ। पछिल्लो २४ घण्टामा काभ्रे जिल्लाका केही व्यक्तिमा संक्रमण पुष्टि भएको छ। धुलिखेलमा गरिएको परीक्षणमा उनीहरूमा कोरोना भाइरस पोजिटिभ देखिएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी सन्तोष सुवेदीले एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन्। यद्यपि यो संक्रमण पुरानो भेरियन्टको हो वा नयाँ, भन्ने विषयमा हालसम्म पुष्टि भइसकेको छैन।

भारतलगायत छिमेकी देशहरूमा पुनः कोरोना संक्रमण फैलिन थालेपछि नेपाल सरकारले पनि सतर्कता अपनाउन थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीमा नाका तथा अन्तर्राष्ट्रिय विमानस्थलहरूमा हेल्थ डेस्क राखी चेकजाँच प्रक्रिया सुरु गरिसकेको छ।

मन्त्रालय स्रोतका अनुसार कोरोना संक्रमणबारे चेकजाँच तथा निगरानीलाई अझ तीव्र बनाइएको छ। संक्रमणको जोखिम अझै कायम रहेकाले आवश्यक सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले सर्वसाधारणलाई अनुरोध गरेको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *