June 15, 2025
केदारनाथ धाममा हेलिकप्टर दुर्घटना,५ जनाको मृत्य
विराटनगर। भारतको उत्तराखण्डस्थित प्रसिद्ध तीर्थस्थल केदारनाथ धाम क्षेत्रमा आइतबार बिहान भएको हेलिकोप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। पाइलटसहित ७ जना सवार हेलिकोप्टर दुर्घटनामा परेको हो। अरुको अवस्था सार्वजनिक भएको छैन।
प्रतिकूल मौसमका कारण गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै आर्यन कम्पनीको उक्त हेलिकोप्टर दुर्घटना भएको थियो। देहरादूनबाट केदारनाथ जाँदै गरेको अवस्थामा घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
दुर्घटनापछि पुरै जलेको अवस्थामा जंगलमा शवहरू फेला परेका थिए। गत जुन ७ मा केदारघाटीको बडासु हेलिप्याडबाट केदारनाथका लागि उडान भर्ने क्रममा हेलिकप्टरमा प्राविधिक गडबडी भएको थियो। पाइलटले रुद्रप्रयाग–गौरीकुण्ड राजमार्गमा आपतकालीन अवतरण गराएका थिए।