June 15, 2025
लागू औषध ब्राउन सुगरसहित एक जना पक्राउ
विराटनगर । मोरङ जिल्लाको विराटनगर महानगरपालिका–१६ स्थित क्षेत्रबाट प्रहरीले लागू औषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, जेठ ३१ गते राति साढे ९ बजे लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बुढीगंगा गाउँपालिका–७ निवासी २५ वर्षीय राज कुमार लिम्बुलाई नियन्त्रणमा लिएको हो।
लिम्बुको साथबाट ५ ग्राम ५० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद सामग्रीसहित उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको जनाएको छ।