नेपाली टोलीको पहिलो खेलमा सानदार प्रदर्शन
विराटनगर । नेपाल महिला फुटबल टोलीले एएफसी एसियन कप छनोटको पहिलो खेलमा ऐतिहासिक जित हात पारेको छ। आइतबार उज्वेकिस्तानको पख्तखोर स्टेडियममा भएको समूह ‘एफ’ अन्तर्गतको खेलमा नेपालले लाओसलाई ९–० को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो।
नेपालको जितमा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले पाँच गोल गर्दै उत्कृष्ट प्रदर्शन गरिन्। उनले खेलको ८८औँ मिनेटमा नेपालको नवौँ गोल गर्दै जितलाई अझ प्रचण्ड बनाइन्।
सावित्राबाहेक नेपालका लागि अनिता बस्नेत, रश्मि कुमारी घिसिङ, अनिता केसी र सरु लिम्बूले एक–एक गोल गरेका थिए।
यो जितसँगै नेपालले समूह ‘एफ’ मा महत्वपूर्ण तीन अंक जोडेको छ। खेल अझै विशेष बनेको थियो, किनकि सावित्रा भण्डारीले पहिलोपटक नेपाली टिमको कप्तानी सम्हाल्दै उत्कृष्ट नेतृत्व दिएकी थिइन्।
नेपालको यो प्रदर्शनले आगामी खेलहरूमा आशाजनक संकेत दिएको छ।