रंगेलीमा लागुऔषध कारोबारमा संलग्न तीन जना पक्राउ

विराटनगर । मोरङको रंगेलीमा लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ गर्ने क्रममा नियन्त्रण बाहिर जान खोजेपछि प्रहरीले दुई राउन्ड हवाइ फायर गर्नुपरेको हो।

लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोली आइतबार दिउँसो रंगेली नगरपालिका–८ मा पुगेर कारबाही गरेको हो। इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेलको नेतृत्वमा पुगेको टोलीले घटनास्थलमै गोली चलाएर तीन जनालाई नियन्त्रणमा लिएको थियो।

पक्राउ पर्नेहरूमा रंगेली नगरपालिका–८ का ५५ वर्षीय किर्तानन्द ठाकुर, ३८ वर्षीय सुशील बुढाथोकी र एक भारतीय महिला रहेका छन्। उनीहरूको साथबाट लागुऔषध ब्राउन सुगर समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

हाल पक्राउ परेकाहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ। प्रहरीले यो कारबाहीलाई महत्वपूर्ण सफलता मानिएको बताएको छ।

Add a Comment