मोरङ धनपालथानबाट लागूऔषधसहित भारतीय नागरिक पक्राउ

विराटनगर । मोरङ्गको धनपालथान गाउँपालिका वडा नम्बर २ पैठा स्थित प्रहरी चौकी अमाहि बर्याती बाट खटिएका प्रहरी टोली ले लागूऔषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। भारततर्फ जाँदै गरेको बि .आर 38 q 5686 नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकललाई प्रहरीले शंका लागी रोकेर चेक जाँच गर्दा २५ केजी २५०ग्राम गाँजा बरामद गरिएको हो।

पक्राउ परेका व्यक्ति भारत बिहार राज्य अन्तर्गत अररिया जिल्ला पहुसी ग्राम पंचायत २बस्ने २२ वर्षीय मोहम्मद इर्सादले बोकेको प्लास्टिक को जेब्रा झोला भित्र राखिएको गाँजा र मोटराइकल लाई नियन्त्रणमा ली पक्राउ गरेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।
उनी नेपालबाट भारततर्फ लागिरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले राति ८:३० बजेतिर चेकजाँचको क्रममा पक्राउ गरेको हो।

बरामद लागूऔषधसहित मोहम्मदलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रंगेलीमा ल्याइएको छ भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Add a Comment