सिरहाका मेयर रामपुकार साह एक लाख घुससहित रंगेहात पक्राउ

विराटनगर । सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख (मेयर) रामपुकार साहलाई एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई बुधबार दिउँसो नगरपालिका कार्यालयबाटै नियन्त्रणमा लिएको हो। अख्तियार स्रोतका अनुसार दिउँसो करिब १:४५ बजे पूर्ण भुक्तानीका लागि एक उपभोक्ता समितिबाट एक लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा उनलाई समातिएको हो।

स्रोतका अनुसार उपभोक्ता समितिले भुक्तानीको प्रक्रिया अघि बढाउन मेयर साहले नगद रकम माग गरेका थिए। यसबारे उजुरीका आधारमा निगरानी गर्दै आएको अख्तियारको टोलीले उनलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको हो।

अख्तियारले आवश्यक अनुसन्धानपछि उनलाई भ्रष्टाचार मुद्दा दर्ता गर्ने तयारी गरेको छ।

Add a Comment