August 8, 2025
ब्राजिलबाट नेपाल आएकी महिलालाई २ किलो कोकिनसहित पक्राउ
विराटनगर । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध कोकिनसहित ब्राजिलियन नागरिक २१ वर्षीया इमिली मिकाइले स्यान्टोस फरेरा पक्राउ परेकी छन्।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार उनी ब्राजिलबाट दोहा हुँदै नेपाल आएकी थिइन् र नेपालबाट भुटान जान लागेको अवस्थामा पक्राउ परेकी हुन्।
उनले झण्डै १ किलो ९५० ग्राम कोकिन लुकाएर ल्याएकी थिइन्। उनलाई लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट मुद्दा चलिरहेको छ।