आज अन्तर्राष्ट्रिय युवा दिवस, संसार भर विविध कार्यक्रम गरी मनाइँदै

विराटनगर । आज (अगस्ट १२) अन्तर्राष्ट्रिय युवा दिवस संसारभर विभिन्न कार्यक्रम आयोजना गर्दै मनाइँदैछ। हरेक वर्ष यो दिवस व्यक्ति, परिवार, समुदाय, राष्ट्र र विश्वको विकासमा युवाहरूको महत्वपूर्ण भूमिकालाई स्मरण गर्न मनाइन्छ।

यस वर्ष अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को नाराः ‘दिगो विकास लक्ष्य र त्यसभन्दा बाहिरका लागि स्थानीय युवा कार्यहरू’ रहेको छ। दिवसको उद्देश्य युवाको सक्रिय सहभागिता, नवप्रवर्तनात्मक सोच र समाजमा सकारात्मक परिवर्तन ल्याउने क्षमतालाई उजागर गर्नु हो।

अन्तर्राष्ट्रिय स्तरमा मनाइने यो दिवसले दिगो विकास लक्ष्य (SDGs) प्राप्तिका लागि स्थानीय स्तरमा युवाले गर्न सक्ने योगदान र तिनको प्रभावलाई समेत जोड दिने उद्देश्य राखेको छ। विभिन्न देशमा आजका दिन युवा सशक्तिकरण, नेतृत्व विकास, वातावरण संरक्षण, रोजगारी, शिक्षा र सामाजिक न्यायका विषयमा बहस तथा कार्यक्रमहरू भइरहेको छन्।

Add a Comment