प्रधानमन्त्री ओली एससीओ शिखर सम्मेलनमा सहभागी हुन चीन जाँदै

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार उनले शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन चीन प्रस्थान गर्ने तयारी गरेका हुन्।

एससीओ शिखर सम्मेलन आगामी अगस्ट ३१ देखि सेप्टेम्बर १ सम्म बेइजिङमा आयोजना हुँदैछ। सम्मेलनको उद्घाटन चिनियाँ राष्ट्रपति सी जिनपिङले गर्नेछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखहरू पनि सहभागि हुनेछन्।

सन् २००१ मा स्थापना भएको एससीओमा हाल १० सदस्य राष्ट्र छन्। यस संगठनको उद्देश्य क्षेत्रीय स्थिरता र आपसी सहयोगलाई प्रवर्द्धन गर्नु हो।

Add a Comment