गायक गणेश थापाको स्वरमा कृष्ण भजन सार्वजनिक
विराटनगर। गायक गणेश थापाको स्वरमा आधारित नयाँ कृष्ण भजन सार्वजनिक गरिएको छ। भक्तिभावले भरिएको यस भजनमा शब्द अभिषेक सिटौलाले लेखेका हुन् भने संगीत बिपिन घिमिरेले दिएका छन्।
भजनमा धार्मिक आस्थालाई समेट्दै परम्परागत र आधुनिक संगीत संयोजन गरिएको छ। गीतको एरेञ्ज पुरूषोत्तम सुवेदीले गरेका छन्। कोरस गायनमा अनूमा चौधरी, शिला प्रधान, कुमार केसी र बिपिन घिमिरे सहभागी छन्।
नेपाली मौलिक बाजा मादल र खैंजडी पोषण घर्ती मगरले बजाएका छन् भने बाँसुरीमा रत्न बी.के. र सारंगीमा मनिष गन्धर्वको वादन रहेको छ। गिटार बिकाश सुनारले सम्हालेका छन्। गीतको रेकर्डिङ, मिक्सिङ तथा माष्टरिङ कुमार केसीले गरेका हुन्। सम्पूर्ण अडियो ‘फिल स्टुडियो’मा तयार गरिएको हो।
भिडियो निर्देशन जीवन शाहीले गरेका छन् भने छायांकन र सम्पादन सुशील डाँगीको रहेको छ। भजनको निर्माण सबला थापाले गरेकी हुन्।
निर्माण टिमका अनुसार श्रीकृष्णको महिमा र भक्तिभाव प्रस्तुत गर्ने उद्देश्यले तयार गरिएको यस भजनले विशेषगरी हिन्दू धर्मावलम्बीहरूमा आध्यात्मिक प्रेरणा जगाउने विश्वास गरिएको छ।