सञ्चार विधेयकविरुद्ध नेपाल प्रेस युनियनको उल्टो जुलुस

विराटनगर । कोसी प्रदेश सरकारले सदनमा पेस गरेको सञ्चार विधेयकको विरोधमा नेपाल प्रेस युनियनले आइतबार उल्टो जुलुस निकालेको छ।

प्रदेशसभानजिकै देवकोटा चोकबाट सुरु भएको जुलुस मोरङ कारागार नजिकैको हाट खोलासम्म पुगेको थियो। युनियनमा आबद्ध पत्रकारहरूले विधेयक पत्रकारमाथि दमन गर्ने खालको रहेको भन्दै विरोध जनाएका थिए।

नेपाल प्रेस युनियनका अध्यक्ष मिना कुमार नवोदित पत्रकारलाई दण्ड, सजाय दिने र सञ्चार सामग्री प्रकाशन–प्रसारण बन्द गराउने प्रावधान स्वीकार गर्न नसक्ने बताए।

“हुबहु पास भएर पत्रकार कारागारतर्फ लग्नुपर्छ भन्ने सन्देश दिन हामीले उल्टो जुलुस निकालेका हौँ,” अध्यक्षले भने।

Add a Comment