August 26, 2025
मंगलबार सुन १५ सय रुपैयाँले बढ्यो, चाँदीले कायम गर्यो नयाँ रेकर्ड
मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १५ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन सुनको मूल्य १ लाख ९७ हजार २ सय रुपैयाँ थियो।
यसअघि साउन २३ गते सुनको भाउ प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेर हालसम्मकै उच्च स्तरमा पुगेको रेकर्ड छ।
चाँदीको मूल्य भने लगातार बढिरहेको छ। मंगलबार चाँदी प्रतितोला ५ रुपैयाँले बढेर २३६० रुपैयाँमा पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो। अघिल्लो दिन प्रतितोला २३५५ रुपैयाँमा चाँदी कारोबार भएको थियो।