थानकोटमा ड्युटीमै प्रहरी निरीक्षकद्वारा सहायक हवल्दार कुटपिट, छानबिन सुरु

काठमाडौं/ काठमाडौंको थानकोट ट्राफिक प्रहरीमा खटिएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) जितेन्द्र साहले ड्युटीमै खटिएका अर्का प्रहरी सहायक हवल्दार मदन खड्कामाथि कुटपिट गरेका छन्।

प्रहरीका अनुसार नागढुंगा ट्राफिक प्रहरीमा कार्यरत हवल्दार खड्कालाई निरीक्षक साहले थप्पड हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि घटनाले सार्वजनिक चासो पाएको हो।

उक्त घटनाबारे उपत्यका ट्राफिक प्रहरी कार्यालयले छानबिन थालेको जानकारी दिँदै ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसपी) दीपक गिरीले भने, “हामीले पनि भर्खरै यो विषय थाहा पाएका छौँ। घटनाको पूर्ण विवरण बुझ्ने प्रयासमा छौं – कुटपिट नै गरिएको हो वा काममा लापरवाहीबारे निर्देशन दिइएको हो भन्ने विषयमा छानबिन हुँदैछ।”

यस घटनाले प्रहरी संगठनभित्रको व्यवहार र आन्तरिक कार्यपद्धतिप्रति प्रश्न उठाएको छ। छानबिनपछि आवश्यक कारबाही हुने जनाइएको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *