September 3, 2025
लोक दोहोरी गायिका इन्दिरा गोलेको निधन
विराटनगर । चर्चित लोक दोहोरी गायिका इन्दिरा गोलेको क्यान्सर रोगका कारण निधन भएको छ।
गोलेले ‘चागुनारायण थान’, ‘घुम्तीनीर लेट भयो’, ‘आज मलाई उनीको पछ्यौरी’ लगायतका थुप्रै सेलो र लोकगीत गाएर लोकप्रियता कमाएकी थिइन्। उनको स्वरमा आएका गीतले नेपाली लोकसंगीतप्रेमीबीच विशेष स्थान बनाउन सफल भएका थिए।
क्यान्सर रोगसँग लामो समयदेखि संघर्ष गर्दै आएकी गायकाले केही वर्षअघि सोही रोगका कारण आफ्ना पतिलाई पनि गुमाएकी थिइन्।
उनको निधनले नेपाली लोकसंगीत क्षेत्रमा अपूरणीय क्षति पुगेको संगीतकर्मीहरुले बताएका छन्।