खाना पकाउने ग्यास चुहावट भई आगलागी हुँदा दिदीभाइको मृत्यु

विराटनगर। खाना पकाउने ग्यास चुहावट भएर आगलागी हुँदा कपिलवस्तुमा दिदीभाइको मृत्यु भएको छ। शुद्धोदन गाउँपालिकाको जयनगरमा १८ वर्षीय सोनम यादव र उनका भाइ शिवकुमार यादवको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

आइतबार साँझ भएको घटनापछि सोनमको उपचारका क्रममा मृत्यु भएको हो। शिवकुमारको उपचारका लागि अस्पताल लैजाँदा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।