September 16, 2025
नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि
विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ।
सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेर दुई लाख १७ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार सुनको मूल्य दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला २० रुपैयाँले बढेको छ। सोमबार २ हजार ५ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर २ हजार ५ सय ९५ रुपैयाँमा पुगेको छ।