September 17, 2025
‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएका श्रद्धाञ्जलिमा आज राष्ट्रिय शोक, सार्वजनिक बिदा
विराटनगर । सरकारले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्न आज राष्ट्रिय शोक मनाउँदै सार्वजनिक बिदा दिएको छ।
भदौ ३० गते बसेको अन्तरिम मन्त्रिपरिषद् बैठकले असोज १ गतेलाई राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो। सो निर्णय अनुसार आज नेपालभरका सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास तथा नियोगहरू बन्द रहेका छन्। साथै, राष्ट्रिय झण्डा आधा झुकाइएको छ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को निर्णयअनुसार असोज १ गते सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने जानकारी दिएका हुन्।
भदौ २३ र २४ गते भएको ‘जेनजी’ पुस्ताद्वारा आयोजित प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानमा सरकारले आजको दिन राष्ट्रिय शोकका रूपमा मनाएको हो।