September 18, 2025
नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो
विराटनगर । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ९०० रुपैयाँले घटेर दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार सुनको मूल्य प्रतितोला दुई लाख १६ हजार १०० रुपैयाँमा रहेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार चाँदी प्रतितोला ३० रुपैयाँले घटेर दुई हजार ५२० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार भने चाँदी दुई हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।
सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारको उतारचढावसँगै नेपाली बजारमा दैनिक आधारमा घटबढ हुँदै आएको व्यवसायीहरूले बताएका छन्।