ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

विराटनगर/ ट्यांकरको ठक्करले मोरङको उर्लाबारीमा मोटरसाइकल चालकको मृत्यु भएको छ। उर्लाबारी नगरपालिका–३ पुरानो मंगलबारेमा बिहीबार राति ट्यांकरले मोटरसाइकललाई ठक्कर दिएको थियो।

प्रहरीका अनुसार ग६प ५०२६ नम्बरको मोटरसाइकललाई ना५ख २१८७ नम्बरको ट्यांकरले ठक्कर दिएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक झापाको दमक नगरपालिका–९ का ३६ वर्षीय मनकुमार लिम्बूको मृत्यु भएको छ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा शुक्रबार बिहान झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा मृत्यु भएको हो।

ट्यांकर र चालक बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ का २९ वर्षीय अशोक थोकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *