संविधान दिवसमा एमालेद्वारा च्यासलमा कार्यक्रम, ओली अनुपस्थित

विराटनगर । नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा विशेष कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रमको सञ्चालन पार्टी महासचिव शंकर पोख्रेलले गरेका थिए भने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्षता गरेकी थिइन्। कार्यक्रममा प्रमुख वक्ताका रूपमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्बोधन गरेका थिए।

पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भने कार्यक्रममा सहभागी भएका छैनन्। जेनजी आन्दोलनपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओली यसअघि सार्वजनिक रूपमा देखिएका छैनन्।

Add a Comment