September 21, 2025
आइतबार सुन–चाँदीको मूल्य बढ्यो
विराटनगर । साताको पहिलो कारोवार दिन आइतबार नेपाली बजारमा सुन–चाँदी दुवैको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले वृद्धि भएको छ। शुक्रबार तोलाको २ लाख १६ हजार रुपैयाँमा कारोबार भएको सुन आइतबार बढेर २ लाख १७ हजार १ सय रुपैयाँमा पुगेको छ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको महासंघले जनाएको छ। शुक्रबार तोलाको २ हजार ५८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार २ हजार ६२० रुपैयाँमा कारोबार भइरहेको छ।