September 23, 2025
झापामा डेरावालद्वारा घरधनीको हत्या, एक जना पक्राउ
विराटनगर। झापामा डेरावालले घरधनीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–७, खालबाडीमा बस्दै आएका २८ वर्षीय प्रेमकुमार राई रहेका छन्। उनी त्यहीँका ३६ वर्षीय फुर्बा तामाङको घरमा डेरा गरी बस्दै आएका थिए।
मंगलबार बिहान फुर्बा तामाङको धारिलो हतियार प्रहारबाट मृत्यु भएपछि प्रहरीले घटनास्थलमा पुगेर राईलाई नियन्त्रणमा लिएको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार, घटनाबारे थप अनुसन्धान भइरहेको छ।