विराटनगरमा नितेश जंग कुवरको कन्सर्ट हुँदै

विराटनगर ।विराटनगर किंग्सको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा आगामी भदौ २१ गते विशेष सांगीतिक कार्यक्रम हुने भएको छ।

कार्यक्रममा युवामाझ चर्चित गायक नितेश जंग कुवर प्रस्तुत हुनेछन्। साथै, स्थानीय कलाकार सुभम एण्ड द ब्याण्ड र मृतुन्जयले पनि प्रस्तुति दिने भएका छन्। कन्सर्ट विराटनगरको जैन भवनमा बेलुकी ४:३० बजे सुरु हुनेछ।

प्रवेश टिकट मूल्य २ सय रुपैयाँ तोकिएको छ भने विराटनगर किंग्सको जर्सी लगाएर आउने दर्शकलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

विराटनगर किंग्सका अनुसार कार्यक्रममा कोशी प्रदेशका विभिन्न सहरबाट समर्थकहरूको सहभागिता रहनेछ। यस संस्करणमा “कोशीको शान, हाम्रो पहिचान” भन्ने नारासहित विराटनगर किंग्सले प्रदेशको प्रतिनिधित्व गर्दै आएको छ।

यसैबीच, क्रिकेट संघ (क्यान)ले यसअघि घोषणा गरेअनुसार, नेपाल प्रिमियर लिग (एनपीएल)मा आठ टिम सहभागी हुने र प्रतियोगिता मङ्सिर महिनादेखि सुरु हुने तय भइसकेको छ।

Add a Comment