September 25, 2025
नवरात्रीको चौथो दिन : देवी कुष्माण्डाको पूजा आराधना
विराटनगर। आज नवरात्रीको चौथो दिन देवी कुष्माण्डाको पूजा–आराधना भव्य रूपमा मनाइँदैछ । घरघरमा जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना गर्ने परम्परा अनुसार भक्तजनहरू विधिपूर्वक पूजापाठमा संलग्न भएका छन् ।
काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठहरूमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । पशुपतिनाथ मन्दिर परिसरभित्र रहेको देवी मन्दिरमा समेत दर्शन, पूजा तथा आराधनाका लागि ठूलो संख्यामा भक्तजन पुगेका छन् ।
नवरात्रीको सुरुवातसँगै विधिवत् रूपमा दसैँ पर्व सुरु भएको हो । यस वर्ष असोज १६ गते दसैँको टीका परेको छ ।