सुनको मूल्यले फेरि तोड्यो रेकर्ड, तोलाको मूल्य २ लाख ३९ हजार २०० रुपैयाँमा
विराटनगर । नेपाली बजारमा सुनको मूल्यमा लगातार वृद्धि भइरहेको छ । बिहीबार (असोज २३) छापावाल सुनको मूल्य तोलामा १,२०० रुपैयाँले बढ्दै नयाँ रेकर्ड कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबारको मूल्य अनुसार छापावाल सुन प्रतितोला २ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको छ, जुन हालसम्मकै उच्च मूल्य हो।
बुधबार (असोज २२) सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो। यही असोज १२ गतेदेखि सुनको मूल्य दैनिक रूपमा नयाँ रेकर्ड तोड्दै बढ्दै गएको छ।
असोज १२ गते छापावाल सुनको मूल्य २ लाख २३ हजार २०० रुपैयाँ थियो भने असोज १९ गते २ लाख ३० हजार ६०० रुपैयाँ, असोज २० गते २ लाख ३३ हजार १०० रुपैयाँ, र असोज २१ गते २ लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
यससँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बिहीबार चाँदी प्रतितोला ३ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन बुधबारको २ हजार ९५५ रुपैयाँभन्दा ७० रुपैयाँले बढी हो।