आज सुनको मूल्य स्थिर, चाँदीमा सामान्य वृद्धि

विराटनगर । आज (बिहीबार) देशभर सुनको मूल्य स्थिर रहेको छ। लामो समयदेखि उतारचढाव हुँदै आएको सुनको मूल्य आज स्थिर रहँदै तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, चाँदीको मूल्यमा भने आज सामान्य वृद्धि भएको छ। बुधबार तोलामा २ हजार ९६५ रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार २ हजार ९८० रुपैयाँ पुगेको छ।

महासंघका अनुसार पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा उतारचढाव जारी रहे पनि आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहनु सकारात्मक संकेतका रूपमा लिइएको छ।