डिजेल र मट्टितेलमा एक रुपैयाँले मूल्य घट्यो, पेट्रोल यथावत्

विराटनगर । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने हवाई इन्धनको मूल्य वृद्धि गरेको छ।

निगम सञ्चालक समितिको निर्णयअनुसार, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर एक रुपैयाँले घटाइएको छ। नयाँ मूल्य आज रातिदेखि लागू हुने निगमले जनाएको छ।

यस्तै, हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर एक रुपैयाँले बढाइएको छ भने हवाई इन्धन (अन्तर्राष्ट्रिय) तर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर सात अमेरिकी डलरले वृद्धि गरिएको निगमले जानकारी दिएको छ।

पेट्रोलको खुद्रा मूल्य भने यथावत् राखिएको छ।

Add a Comment