देशका तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

बिराटनगर । देशका केही स्थानमा आज (बिहीबार) वर्षा र हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना छ।

आज देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जानकारी दिएको छ।

विभागका अनुसार हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ, जसका कारण देशका केही पहाडी क्षेत्रमा हल्का मौसमीय परिवर्तन देखिएको हो।

विभागले आवश्यक सावधानी अपनाउन आग्रह गर्दै उच्च पहाडी र हिमाली क्षेत्रमा यात्राका क्रममा सतर्कता अपनाउन सुझाव दिएको छ।

Add a Comment