गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीको घर अवलोकन

विराटनगर । गृहमन्त्री ओमप्रकाश अर्यालले आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौँको चपलीस्थित घरको अवलोकन गरेका छन्।

पूर्वराष्ट्रपति भण्डारीको निवास गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा आगजनीमा परेको थियो। सोही घटनापछि गृहमन्त्री अर्यालले घरको क्षति र सुरक्षासम्बन्धी अवस्थाको स्थलगत निरीक्षण गरेका हुन्।

यसअघि गृहमन्त्री अर्यालले काठमाडौँको बोहोराटारस्थित राष्ट्रपति रामचन्द्र पौडेलको घर पनि अवलोकन गरेका थिए। त्यस्तै, उनले मङ्गलबार प्रथम राष्ट्रपति डा. रामवरण यादवको ललितपुरको बागडोलस्थित निवासमा पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएका थिए।

सरकारले हाल ‘जेनजी आन्दोलन’का क्रममा भएका आगजनी, तोडफोड र क्षतिको विस्तृत विवरण संकलन गरी पुनःस्थापना तथा क्षतिपूर्तिको प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ।गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीको घर अवलोकन

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौँको चपलीस्थित घरको अवलोकन गरेका छन्।

पूर्वराष्ट्रपति भण्डारीको निवास गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा आगजनीमा परेको थियो। सोही घटनापछि गृहमन्त्री अर्यालले घरको क्षति र सुरक्षासम्बन्धी अवस्थाको स्थलगत निरीक्षण गरेका हुन्।

यसअघि गृहमन्त्री अर्यालले काठमाडौँको बोहोराटारस्थित राष्ट्रपति रामचन्द्र पौडेलको घर पनि अवलोकन गरेका थिए। त्यस्तै, उनले मङ्गलबार प्रथम राष्ट्रपति डा. रामवरण यादवको ललितपुरको बागडोलस्थित निवासमा पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएका थिए।

सरकारले हाल ‘जेनजी आन्दोलन’का क्रममा भएका आगजनी, तोडफोड र क्षतिको विस्तृत विवरण संकलन गरी पुनःस्थापना तथा क्षतिपूर्तिको प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ।

Add a Comment