November 7, 2025
देशका दुई प्रदेशमा आज वर्षा र हिमपातको सम्भावना
बिराटनगर । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। विभागले देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ।
विभागका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आज आंशिक बदली रहनेछ। ती प्रदेशका हिमाली भागका एक–दुई स्थानमा भने हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।
बाँकी प्रदेशहरूमा मौसम मुख्यतः सफा रहने विभागले जनाएको छ।
