रुकुम पश्चिममा करेन्ट लागेर युवकको मृत्यु

विराटनगर । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–२ का २२ वर्षीय प्रकाश थापाको करेन्ट लागेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार शुक्रबार दिउँसो इन्टरनेटको तार जडान गर्ने क्रममा करेन्ट लाग्दा थापाको ज्यान गएको हो। सोही नगरपालिकाको वडा नम्बर–३, हरीविसौना भन्ने स्थानमा तार जोड्ने क्रममा विद्युतको तारमा करेन्ट प्रवाह हुँदा उनी गम्भीर घाइते भएका थिए।

घाइते थापालाई तत्काल उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ।

Add a Comment