बर्जु गाउँपालिकाबाट लागू औषध गाँजा बरामद

बिराटनगर ।सुनसरीको बर्जु गाउँपालिका–५ स्थित भित्री सडक खण्डबाट प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय दुहबी र इलाका प्रहरी कार्यालय सितागंजबाट खटिएको संयुक्त टोलीले कार्तिक २१ गते राति करिब ८ बजे बागमती प्रदेश–०१–०२७ च ०२४० नम्बरको स्कार्पियो गाडी चेकजाँच गर्ने क्रममा २ सय ५७ किलो ४५ ग्राम गाँजा फेला पारेको हो।

गाँजा बरामद गरेपछि प्रहरीले गाडी नियन्त्रणमा लिएर चालकको खोजतलास सुरु गरेको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।