‘जारी २ः सङ अफ च्याब्रुङ’ अब नयाँ संस्करणमा प्रदर्शनमा, १४ मिनेट दृश्य थपियो

बिराटनगर । निर्देशक उपेन्द्र सुब्बाको निर्देशनमा बनेको फिल्म ‘जारी २ः सङ अफ च्याब्रुङ’ आजदेखि नयाँ संस्करणमा प्रदर्शनमा आएको छ। निर्माण पक्षका अनुसार फिल्मलाई ‘डिरेक्टर्स कट’ संस्करणमा पुनः प्रदर्शनमा ल्याइएको हो।

नयाँ संस्करणमा करिब १४ मिनेट नयाँ दृश्य थपिएको र केही पुराना दृश्यमा काँटछाँट गरिएको निर्माण पक्षले जानकारी दिएको छ। यससँगै फिल्मको कुल रनटाइम २ घण्टा २१ मिनेट पुगेको छ।

थपिएका दृश्यहरू सहितको संस्करणलाई सोमबार बेलुका सेन्सर गरिएपछि मंगलबारदेखि देशभरका हलमा प्रदर्शन सुरु भएको हो।

फिल्मका कलाकारहरू दयाहाङ राई, मिरूना मगर, विजय बराललगायतले दर्शकबाट निरन्तर समर्थनको अपेक्षा राखेका छन्।

कार्यकारी निर्माता मणिराम पोखरेलका अनुसार ‘जारी २’ ले सुरूका दुई दिनमै आक्रामक व्यापार गरेको थियो र आइतबारयता पनि राम्रो व्यापारिक प्रदर्शन गरिरहेको छ। फिल्मले दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको बताइएको छ।

Add a Comment