रवि–बालेन मिलेरै अघि बढ्ने सहमति

बिराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको छ।

सोमबार राति पूर्वसांसद असिम शाहको निवासमा करिब साढे पाँच घण्टा लामो भेटवार्ता भएको हो। भेटमा दुवै नेताबीच देशको वर्तमान अवस्था र आगामी दिनमा सहकार्यको सम्भावनाबारे खुलेर कुराकानी भएको बताइएको छ।
भेटपछि असिम शाहले पत्रकारहरूसँग कुरा गर्दै छलफल सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जानकारी दिए। उनले देशलाई प्राथमिकतामा राख्दै मिलेर अघि बढ्नुपर्ने निष्कर्षमा छलफल केन्द्रित रहेको बताए।

“प्रधानमन्त्रीको प्रस्तावमा कुनै कुरा भएको होइन। दाजुभाइझैँ बसेर पहिलोपटक यस तहमा कुराकानी भएको हो,” उनले भने, “अब मिलेरै अघि बढ्ने भन्ने भावनामा कुरा भएको छ।”

हालैका दिनमा रवि लामिछाने र बालेन शाहबीच दुई पटक भेटवार्ता भएको सार्वजनिक भइसकेको छ। दुवै जनाबीचको संवादलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

Add a Comment