भक्तपुरमा मृत फेला परेकी रोशनी शाहीको कोठामा ‘सुसाइड नोट’ फेला

काठमाडौं/ भक्तपुरमा आफ्नै कोठामा मृत फेला परेकी रोशनी शाहीको कोठाबाट ‘सुसाइड नोट’ फेला परेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज नेउपानेले घटनास्थलमा गरिएको प्रारम्भिक अनुसन्धानमा सुसाइड नोट भेटिएको पुष्टि गरेका छन्। डिएसपी नेउपानेका अनुसार, नोटमा कसैको नाम तोकी आत्महत्याको कारण उल्लेख गरिएको छैन। तर, शाहीले “जीवनदेखि हार खाएँ, छोराछोरीका लागि केही गर्न सकिनँ” भन्ने

धरानमा लागूऔषध सहित ६ जना पक्राउ

सुनसरी/ धरान उपमहानगरपालिका वडा नं. ८ र ११ बाट प्रतिबन्धित लागूऔषध सहित ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा धरान–११ का १८ वर्षीय आशिष तामाङ, धरान–८ का २३ वर्षीय अनिल लिम्बु, १८ वर्षीय अनिल मगर, धरान–१७ का २२ वर्षीय राज कुमार राई, २८ वर्षीय अनिल मगर र धरान–१९ का १८ वर्षीय अनिस मगर

जङ्गली च्याउ खाँदा २ जनाको मृत्य

इलाम। जङ्गलबाट संकलन गरेर ल्याएको च्याउ पकाएर खाँदा बिरामी भएका इलामको माङ्सेबुङ गाउँपालिका–५ घर भएका २ जनाको आइतबार मृत्यु भएको छ। प्रहरीका अनुसार माङ्सेबुङ–५ की १७ वर्षीया नुमा लावती र २२ वर्षीया मनिसा चेम्जोङको मृत्यु भएको हो। च्याउ खाएका स्थानीय धनराज साङ्बाङ गम्भीर बिरामी परेका छन्। माङ्सेबुङ गाउँपालिका प्रमुख हेमन्त राईका अनुसार सूर्योदय नगरपालिकाको अन्तुमा

मन्त्री राईद्वारा सावा खोला सडक पुल उद्घाटन

विराटनगर/ भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले खोटाङको खोटेहाङ र जन्तेढुङ्गा जोड्ने सावा खोलाको सडक पुल शनिबार उद्घाटन गरेका छन् । खोटेहाङ गाउँपालिका–७ र जन्तेढुंगा गाउँपालिका–५ जोड्ने उक्त पुलको निर्माण भएपछि दुबै पालिकाबीचको प्राकृतिक नाकाबन्दी तोडिएको हो । भौतिक पूर्वाधार विकास मन्त्रालयको ८ करोड २१ लाख ७२ हजार ८९४ रुपैयाँ लागतमा उक्त पुलको निर्माण

अन्तर्राष्ट्रिय खेलका कारण ‘अञ्जिला’की मुख्य पात्र एञ्जिलाको युके भ्रमण स्थगित

विराटनगर / नेपालमा ११औँ हप्तामा प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘अञ्जिला’की मुख्य पात्र तथा नेपाली महिला फुटबल टिमकी कप्तान एञ्जिला तुम्बापो सुब्बाको युके भ्रमण अन्तिम समयमा रोकिएको छ । चलचित्र ‘अञ्जिला’को शनिवार युकेको अल्डरसटमा हुने प्रदर्शनका लागि एञ्जिलाको उपस्थिति निश्चित भएता पनि अन्तर्राष्ट्रिय खेलको कारण भ्रमण रोकिएको आयोजक न्यु होराइजन क्रिएशन लिमिटेड, युकेले जनाएको छ ।

जापान उडे नेपाली कलाकार, अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ‘पिताम्बर’ र ‘रंगी’को चमक

विराटनगर/ ‘जिन्सेओ एरिगाटो इन्टरनेशनल फिल्म फेस्टिभल २०२५’मा सहभागी हुनका लागि अभिनेता सौगात मल्ल,अनुप बिक्रम शाही,कृषा चौलागाइँसहित सलोन बस्नेत जापान प्रस्तान गरेका छन्। उनीहरु यहीँ मे २५ मा इन्टरनेशनल फिल्म फेस्टिभलमा सहभागी हुन जापान प्रस्तान गरेका हुन्। जापानमा नेपाली फिल्म वितरण गर्दै आएको युना इन्टरटेन्मेन्टले ‘जिन्सेओ एरिगाटो इन्टरनेशनल फिल्म फेस्टिभल २०२५’को नोमिनेसनमा एक्सन विधामा फिल्म ‘पिताम्बर’बाट

ब्रेनवे मार्केटिङको स्वास्थ्य, सौन्दर्य, समृद्धि र स्वरोजगार अभियान विराटनगरमा सम्पन्न

विराटनगर/ ब्रेनवे मल्टि ट्रेड मार्केटिङ काठमाडौंद्वारा सञ्चालित स्वास्थ्य, सौन्दर्य, समृद्धि र स्वरोजगार अभियान विराटनगरमा विशेष कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीले उत्पादन गरेका होमकेयर, पर्सनलकेयर र हेल्थकेयर सामग्रीलाई उपभोक्तामार्फत उपभोक्तासम्म पुर्याउने अवधारणामा आधारित यो अभियानले स्वरोजगार सिर्जना र आत्मनिर्भरतालाई प्रोत्साहन गरिरहेको छ। शनिबार विराटनगरमा आयोजित कार्यक्रममा अभियानमा उल्लेखनीय योगदान गर्ने सहभागीहरूलाई पुरस्कार प्रदान गरियो। पुरस्कृत हुनेमध्ये

‘ऊनको स्वीटर’को तेस्रो हप्तामा सशक्त पाइला, विशेष शोमा मनीषा कोइरालादेखि विशिष्ट व्यक्तिहरूको सहभागिता

विराटनगर/ नेपाली चलचित्र ‘ऊनको स्वीटर’ले सफलताका साथ दोस्रो हप्ता पूरा गर्दै तेस्रो सातातर्फ यात्रा सुरु गरेको छ। वैशाख २६ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनमा आएको चलचित्रले दर्शकको मन जितिरहेको छ। यस्तै उत्साहको बीच, बुधवार साँझ काठमाडौंमा आयोजित विशेष शोमा फिल्म क्षेत्रका प्रतिष्ठित कलाकारदेखि राजनीति, कानुन र सञ्चार क्षेत्रका विशिष्ट व्यक्तिहरूको बाक्लो उपस्थिति देखिएको छ। विशेष शोमा

‘ऊनको स्वीटर’ तेस्रो हप्तामा पनि धमाकेदार यात्रा, दुई हप्तामै ८ करोड १० लाख ग्रस कलेक्सन

विराटनगर /चलचित्र ‘ऊनको स्वीटर’ देशव्यापी रूपमा १२० भन्दा बढी शोसहित प्रदर्शनको तेस्रो हप्तामा प्रवेश गरेको छ । निर्माता संस्था आर्टमाण्डू नेपाल प्रा.ली.का अनुसार, चलचित्रले दुई हप्ताको अवधिमा घरेलु बक्स अफिसबाट ८ करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ । हालसम्म ओभरसिज कलेक्सन सार्वजनिक नभए पनि नेपाल बाहिर पनि चलचित्रले राम्रो व्यापार गरिरहेको

गाँजा ओसारपसारमा संलग्न एक जना पक्राउ, ८९० किलो गाँजा बरामद

धनकुटा/ धनकुटाको साँगुरीगढी गाउँपालिका-५ स्थित ओख्रेबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार बिहान प्र.१-०२-००२ च ५२३८ नम्बरको महेन्द्रा पिकअप गाडी चेकजाँच गर्ने क्रममा गाडीभित्र लुकाइ राखिएको प्लास्टिकको २९ बोरा गाँजा फेला पारेको हो। प्रहरीका अनुसार बरामद गरिएको गाँजाको कुल तौल ८ सय ९० किलोग्राम रहेको छ। उक्त