राजधानी काबुलमा सोमबार अज्ञात बन्दुकधारीले चिनियाँ व्यवसायीको होटलमा आक्रमण

काबुल। अफगानिस्तानको राजधानी काबुलमा सोमबार अज्ञात बन्दुकधारीले चिनियाँ व्यवसायीको लोकप्रिय होटलमा आक्रमण गरेका छन्। काबुलको लोङ्गान होटेलबाट धुवाँको मुस्लो निस्किेको घटनास्थलबाट बाहिरिएको तस्बिरमा देखिएको छ। घटनापछि तालिवान सुरक्षा बल घटनास्थलमा पुगेको होटललाई छिमेकसँग सिल गरेको छ। गत वर्षको अगष्टमा सत्तामा आएयता तालिवानले सुरक्षामा सुधार गरेको दाबी गरे पनि त्यहाँ थुप्रै बम विष्फोट र आक्रमण भएको

भारतबाट अवैध रुपले नेपालमा चिनी ल्याउने तीन जना पक्राउ

काठमाडौ। भारतबाट अवैध रुपले नेपालमा चिनी ल्याउने तीन जना पक्राउ परेका छन्। झण्डै ३४ लाख २ हजार रुपैयाँ बराबरको ६० क्विन्टल चिनी पश्चिम नवलपरासीको सरावल-५को धनगडवाबाट नियन्त्रणमा लिइएको हो। अवैधरुपमा चिनी ल्याउने प्रतापपुर गाउँपालिका २ घोडाहा बस्ने ४५ वर्षीय धिरेन्द्रकुमार चौधरी, २० वर्षीय किरणकुमार चौधरी र रामग्राम नगरपालिका ७ उजैनीका रोशन चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले

जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको

जाजरको। जाजरकोटमा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । ९ जनाको घटनास्थलमै र घाईते २ जनाको उपचारका लागि सुर्खेद लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। पश्चिम जाजरकोटको छेडागाड नगरपालिका ४ भीरबाटी भन्ने ठाँउ कर्णाली प्रदेश ०२-००१ च ०४२९ नम्बरको बलेरो जिप मध्यपहाडी राजमार्गबाट दुई सय मिटर तल खसेको छ। जिप दशेराको जेवाबाट

नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटे

विराटनगर। नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तीन सय रुपैयाँले घटेर प्रतितोला १ लाख २०० रुपैयाँ कायम भएको छ। यस्तै तेजाबी सुन प्रतितोला ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। सुनको मूल्यसँगै चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर १३९० रुपैयाँमा

सामानुपातिक सांसदहरुको सूची आज सार्वजनिक गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले सामानुपातिक सांसदहरुको सूची आज सार्वजनिक गर्ने तयारी गरेको छ । मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीतर्फबाट विजयी उम्मेदवारहरुको सूची सार्वजनिक गर्ने तयारी भएको हो । निर्वाचन आयोगको राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले समानुपातिक सांसदहरुको सूची सकेसम्म आजै सार्वजनिक गर्ने तयारी

अस्पताल परिषरभित्र करेन्ट लागेर एक जना मजदुरको मृत्यु

विराटनगर। मोरङको अस्पताल परिषरभित्र करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको छ। मोरङको बूढीगंगा गाउँपालिका–२ मा रहेको विराट शिक्षण अस्पताल परिषरभित्र करेन्ट लागेर आइतबार साँझ मजदुर सुमन सरदारको मृत्यु भएको हो। अस्पतालको नयाँ भवन निर्माणमा खटिएका मोरङको कटहरी गाउँपालिका–५ का १९ वर्षीय सुमन सरदारको मृत्यु भएको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले

माइस्थानका एक व्यापारी भारतमा मृत फेला

वीरगन्ज। वीरगन्ज महानगरपालिका-६ माइस्थानका एक व्यापारी भारतमा मृत फेला परेका छन्। माइस्थान घर भएका ५० वर्षीय सुनील कुमार अग्रवाल भारत बिहारको पुर्वी चम्पारणको छौडादानोस्थित रेल्वे क्षेत्रमा मृत अवस्थामा फेला परेका हुन्। वीरगन्जको घण्टाघर नजिकै रहेको पशुपति इलेक्ट्रिकका सञ्चालक अग्रवाल आइतबार बिहान घरबाट मर्निङ वाकमा निस्किएका थिए। सधै मर्निङ वाक सकेर बिहानै ८ बजे घर फर्किने

यौन दुर्व्यवहारको आरोपमा एक आयुर्वेदिक वैद्य पक्राउ

सोलुखुम्बु। सोलुखुम्बुमा बाल यौन दुर्व्यवहारको आरोपमा एक आयुर्वेदिक वैद्य पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाही बरहथवा नगरपालिका-१७ घर भई आरोग्य केन्द्र सोताङमा कार्यरत्त वर्ष ४० का राधेश्याम प्रसाद शाह रहेका छन्। शाहमाथि सोताङ गाउँपालिकाकै एक १० वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप छ। शुक्रबार पक्राउ परेका शाहविरुद्ध बाल यौन दुर्व्यवहारसम्बन्धी मुद्दा दर्ता भएको छ। पक्राउ

निर्वाचन आचारसंहिता आजबाट निष्क्रिय

काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका निर्वाचन आयोगले गत असोज १२ गतेदेखि मुलुकभर लागु गरेको निर्वाचन आचारसंहिता सोमबारदेखि निष्क्रिय भएको छ। आयोगले आइतबार विज्ञप्ति जारी गर्दै आजदेखि निर्वाचन आचारसंहिता लागू नरहने जानकारी दिएको थियो। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उक्त आचारसंहिता लागु गरेको थियो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो निर्णयको जानकारी नेपाल सरकार,

बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु;२८ जना घाइते

कुन्दुज। अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा आइतबार बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। अन्य २८ जना घाइते भएका प्रान्तीय प्रहरीले जनाएको छ। प्रान्तीय राजधानी कुन्दुज बाहिर दुर्घटनामा परी महिला र बालबालिकासहित पाँच जनाको मृत्यु हुनुका साथै अन्य २८ जना घाइते भएका हुन्।प्रान्तीय सूचना तथा संस्कृति प्रमुख मतिउल्लाह रोहानीले दुर्घटनाको पुष्टि गर्दै घाइते यात्रुलाई उपचारका